नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 18, 2013

बीचसडकमा भौंतारिए आर्यन



काठमाडौ, श्रावण ३ - नायक आर्यन सिग्देललाई तीनकुनेको बीच सडकमा भौंतारिएर हिंडिरहेको देखेपछि चल्दाचल्दैका सवारीसाधन रोकिन थाले । चालकदेखि यात्रुसम्मले के भएछ भनेर चासो दिँदादिँदै सडक जामले अस्तव्यस्त भइरहेको थियो । आर्यन भने एक हातमा बियरको बोतल र अर्को हातको काखीमा कालो झोला च्यापेर मोबाइलमा कुरा गर्दै सडकमा घरी यता घरी उता गरिरहेका थिए । तर केहीबेरमा उनलाई पछ्याइरहेको दीपक बज्राचार्यको क्यामेरा देखेपछि बल्ल तमासेले फिल्मको सुटिङ भन्ने बुझे । सोमबार साँझ ढल्दै गर्दाको व्यस्त सडकलाई रोजेर निर्देशक सुदर्शन थापा फिल्म 'मधुमास' को छायांकन गराइरहेका थिए । फिल्म सुटिङ भन्ने थाहा पाउने चालक पनि बीच सडकमै सवारी रोकेर आर्यनलाई हेर्न घाँटी तन्काइरहेका थिए । अरूका लागि रमिते बनिरहेका आर्यन भने फिल्मको प्रेम पात्रमा डुबिरहेका थिए ।
राघव बनेर खेलिरहेका मनोज आरसीले आफ्नी पत्नी आज्ञा (पूजा शर्मा) लाई अपहरण गरेपछि फिरौती रकम झोलामा लिएर प्रेम (आर्यन) आएका हुन् । राघवले फोनमार्फत् प्रेमलाई बीच सडकमा त्यसरी अस्तव्यस्त हुने गरी नचाएर बदला लिइरहेका हुन्छन् । केही क्षणमै राघवले प्रेमको नजिकैबाट नीलो कार हुइँक्याउँदै आएर पैसाको झोला लिएर टाप कस्छन् ।
हातबाट पैसा पनि र पत्नी पनि गुमेपछि प्रेम कारको फलो गर्दै कुद्छ तर खाली हात हुन्छ । अनुहारमा बियरको मात र तनावको हैरान झल्काएका आर्यन निर्देशकले ओके भनेपछि भने सन्तोषको श्वास फेरे ।
व्यस्त सडकमा अभिनय गर्नुपर्दा उनलाई असहज भइरहेको प्रस्टै देखिन्थ्यो । बीच सडकमा भौंतारि रहँदा स्कुटीमा आएका दुई युवतीले रोकेरै 'वाउ आर्यन सिग्देल' भनेपछि उनले हाँसो थाम्न सकेनन् । 'कस्तो फिलमा गइरहेको थियो । उनीहरूले भनेको सुन्नेबित्तिकै हाँसो लाग्यो,' आर्यनले सुनाए ।
सुन्दर प्रेमकथा र दर्दनाक प्रेमकथामा आधारित भनिएको फिल्म 'मधुमास' को सोमबार ३० औं दिनको सुटिङ चलिरहेको थियो । फिल्ममा अर्की नायिका शिवांगिनी राणा पनि खेलेकी छन् । अविनाशविक्रम शाह र दिनेश न्यौपानेको स्त्रिmप्ट रहेको फिल्मलाई बाबुराम दाहालले निर्माण गरेका हुन् ।
यसअघि बाबुराम र निर्देशक थापाकै जोडीले 'धन्दा' फिल्म बनाएको थियो । अब फिल्मको दुई गीत र एक दिनको सुटिङ मात्रै बाँकी रहेको बताएका निर्देशक थापाले शनिबारसम्मका लागि सुटिङ रोकेका छन् ।


0 comments

Post a Comment